पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र संक्रामक तथा सरुवा रोग अस्पतालमा रहेका स्वास्थ्य मेशिनरी प्रयोगविहीन बनाइएको प्रति अनेरास्वबियु गण्डकी प्रदेश कमिटीले प्रदेश सरकारलाई सचेत गराएको छ ।प्रदेश संयोजक प्रकाश पौडेल , सचिव आरे के पोखरेल सहितको टोलीले स्वास्थ्य मन्त्री मधु अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

अस्पतालहरुमा आइसियु,भेन्टिलेटर जस्ता सेवा संचालन नभईरहेको , अस्तपाललाई भर्ती केन्द्र बनाउने शैली प्रति सचेत गराउन पत्र बुझाईएको अध्यक्ष पौडेलले बताए ।अनेरास्वबियु गण्डकीले नागरिकहरुलाई शोषण गर्ने अभिप्रायका विरुद्ध आवाज उठाउन सबै नागरिक समुदायलाई अपिल पनि गरेको छ ।

प्रदेश मातहतका अस्पतालहरुमा देखीएका समस्याहरु सुधार गर्नका लागि अनेरास्ववियुले निरन्तर खबरदारी गर्ने प्रदेश संयोजक पौडेलले बताए । https://ganthan.com/

Leave a Reply