नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

0

नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply