अनेरास्ववियु म्याग्दी द्वारा शैक्षिक सामाग्री बितरण

0

अधिकांस दलित विद्यार्थी अध्ययनरत म्याग्दीले मंगला गाउँपालिका-१ पैयुपाटामा अवस्थित नरसिंह आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक सामग्री बितरण गरेको छ ।

अखिलले संचालन गरेको शैक्षिक सामाग्री बितरण अभियान अन्तर्गत अनेरास्ववियु म्याग्दीका सचिवालय सदस्य खुम किसानको जन्मदिनको अवसर पारेर उक्त शैक्षिक सामग्री बितरण गरिएको हो । बिद्यालयमा अध्ययनरत करिव ६० जना बिद्यार्थीलाई कापी, कलम र १÷१ सेट पोसाक बितरण गरिएको अनेरास्ववियु म्याग्दीका प्रचार विभाग प्रमुख समिर रोकाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्यतथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले अखिलले रचनात्मक कार्य गर्दै सवै बिद्यार्थी माझ पुग्ने बताउनुभयो । विपतमा सारथी र विभेदमा बिद्रोह गर्ने अखिलले आम बिद्यार्थीहरुको सुन्दर भविस्य निर्माणमा सधै साथ र सहयोगका साथ अघि बढ्ने बताउनुभयो ।

अनेरास्ववियुका जिल्ला सह संयोजक मिलन खत्रीले आर्थिक अबस्थाका कारण अध्यनबाट कुनै बालबालिका पनि वञ्चित हुन नपरोस भनेर अखिलले शैक्षिक अभियान चलाएको बताउनुभयो । उहाँले अखिल सधै गरिव तथा विपन्न बिद्यार्थीको साथमा रहि उनीहरुको शैक्षिक यात्राको सारथी बन्ने उद्घोष गर्नुभयो ।

सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख रोकाले आजका बालबालिका भोलीका देश निर्माणका सच्चा पहरेदार भएकाले उचित शिक्षा प्रदान गर्न आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रम जिल्ला सहसंयोजक खत्रीको अध्यक्षता, जिल्ला इन्चार्ज बिश्वकर्माको प्रमुख आतिथ्यता सचिवालय सदस्य किसानको स्वागत र प्रचार बिभाग प्रमुख रोकाको संचालनमा सम्पन्न भएको थियो । बिद्यालयका निमित्त पधानाध्यापक सुस्मिता बस्यालले जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेकोमा खुम किसान तथा अनेरास्ववियु म्याग्दीलाई धन्यावद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply