अनेरास्ववियु  धवलागिरी बहुमुखी क्याम्पसको सम्मेलन बिहिबार सम्पन्न भएको छ । सम्मेलनले प्रभु सुबेदीको को अध्यक्षतामा १११ सदस्यीय क्याम्पस कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा चन्द्रिका  थापा मगर , सचिवमा घनश्याम कडेल , सह-सचिवमा बिज्ञान शर्मा, इन्दु पाठक, कोषाध्यक्षमा मुना कार्की चयन हुनुभएको छ।

यसैगरि महिला बिभाग प्रमुखमा अस्मिता थापा , उपप्रमुखमा इश्वरी केसी , संगठन बिभाग प्रमुखमा सुगम खड्का , सास्कृतिक बिभाग प्रमुखमा मनिष कडेल , खेलकुद बिभाग प्रमुखमा प्रवेश शर्मा चयन हुनुभएको अनेरास्ववियु बाग्लुङका सचिवालय सदस्य अमृता जिसीले जानकारी दिनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि अनेरास्ववियु केन्दीय सचिवालय सदस्य एबं बाग्लुङ जिल्ला इन्चार्ज शेखर खड्काले   अनेरास्ववियु बिद्यार्थीहरुको हकहितका स्थापित गर्न सक्ने क्षमता भएकै कारण अन्य संगठनको पनि नेता संगठन भएको दावी गर्नुभयो ।  साथै  बिपत्तिमा साहारा, विभेदमा बिद्रोह ‘म अखिल’ अभियानमा जोडिन सम्पूर्ण बिद्यार्थीहरुलाई आव्हान गर्नुभयो ।

Leave a Reply