म्याग्देली चेली अरुणा शाहीको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा लगातार लगातार चौथो खेलमा जित निकालेको छ। आइतबार ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। जितसँगै साविक विजेता नेपाल फाइलनमा पुगेको छ। नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २४–१४ ले सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। जितसँगै नेपालले ११ अंक जोड्यो।दोस्रो स्थानको श्रीलंकाको १० अंक र तेस्रो स्थानको उज्वेकिस्तानको ९ अंक छ। अब नेपालले किर्गिस्तानसँग खेल्न बाँकी छ। महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीको नेतृत्वमा नयाँ र अनुभवी १२ सदस्यीय टोली रहेको छ । २० बर्षपछि अन्तराष्ट्रियस्तरमा महिला भलिबलको उपाधी जितेको नेपालले यसपटक पनि आफ्नो बलियो खेल प्रर्दशन गरिरहेको छ । नेपाली टिमकी कप्तान शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिईन् ।

Leave a Reply