दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज साेमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छाेड्नुभएकाे थियाे ।

छुटेकाे रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गर्नुभएकाे हाे ।  छुटेकाे रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएकाे हाे ।

Leave a Reply