नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पश्चात् सोमबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको बताउनुभएको छ । फेरि पनि आगामी पाँच वर्षका लागि अध्यक्षको जिम्मेवारी पाउनुभएको उहाँले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभएको छ ।

‘मलाई यो पार्टी, केन्द्रीय समिति र श्रमजीवीजनताले मलाई इतिहासका गम्भिर मोडहरुमा गम्भिर भूमिका खेल्ने अवसर दिएको छ ।’, प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतबाट चयन गरे पनि अन्य पदाधिकारीको टुंगो भने लाग्न सकेन । माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले आजको बैठक सकिएको र अर्को बैठक एक हप्तापछि बस्ने जानकारी दिनुभएको छ ।

Leave a Reply