कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

कोभिड–१९ व्यक्तिगत सम्पर्कबाट बढी सर्ने भएकाले आउजाउ र ठूला भेलामा कडाइ गर्ने निर्णय गरिएको हो । आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चारमाध्यम (सामाजिक सञ्जालसमेत) बाट गलत अभिव्यक्ति दिए कडा कारबाही गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply