गण्डकी प्रदेशमा आज १६५ जनामा कोरोना संक्रमण, म्याग्दीमा ३ जना

0

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको कास्कीमा सबैभन्दा बढी ११५ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा संक्रमित हुनेको यो संख्या केही कमि हो ।

त्यस्तै मुस्ताङमा ४, म्याग्दीमा ३, पर्वतमा १, लमजुङमा २, तनहुँमा ५, बाग्लुङमा ६, स्याङजामा ३ र नवलपरासीपूर्वमा ३० गरी १६५ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply