यूवा संघ नेपालको म्याग्दी संयोजकमा शिशिर शाही

0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संघको केन्द्रिय सचिवालयको पूर्ण बैठकबाट यसअगाडी जिल्ला सचिव रहनुभएका बेनी नगरपालिका वडा नं ६ का शाहीलाई संयोजकमा चयन गरिएको हो । बैठकले केन्द्रिय सदस्यमा एकजित रोका, सृजना केसी र किरण बानियाँलाई चयन गरेको छ ।

रोका निर्वतमान जिल्ला संयोजक,केसी मंगला गाउँपालिका उपाध्यक्ष र बानियाँ यूवा संघको गण्डकी प्रदेश सहित जिल्लामा समेत सक्रिय हुनुहुनछ । म्याग्दी जिल्ला संयोजक शाहीले तोकिएको जिम्मेबारीलाई सफलतापूर्वक निर्वाह गर्ने बताउनुभएको छ । उहाँले यूवापुस्तालाई राजनीतिक गतिविधिमा सक्रियसँगै सामाजिक तथा अन्य आवश्यक क्षेत्रमा प्रोत्साहन गर्ने गरी अगाडी बढ्ने बताउनुभयो । यूवा संघ नेपालको गण्डकी प्रदेश संयोजक एवम् केन्द्रिय उपाध्यक्षमा म्याग्दीकै सन्तोष रावल हुनुहुन्छ ।

Leave a Reply