म्याग्दी जिल्लाको रघु गङ्गा गाउँपालिका वडा न ०२ भगवतीमा न्यु देउराली युवा क्लब साझापानीले आयोजना गरेको पुसे पन्ध्रम मेला २०७८, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयब्यय सार्वजनिक गरेको छ ।

बिभिन्न कार्यक्रम गर्ने तर आय ब्यय सार्वजनिक नगर्ने परम्परालाई कल्वले तोडेको छ । मेला महोत्सवमा व्यापक मुनाफा हुने र लुकाईने गरेका उदाहरणहरु ब्याप्त भेटीरहने समाजमा क्लवको उक्त कदमको सामाजिक संजालमा समेत सकारात्मक हाईप पाएको छ ।

क्लवको अफिसियल New Deuralu Youth Club फेसबुक पेजबाट सार्वजनिक गरीएको बिबरण अनुसार ७ लाख ५० हजार १ सय २३ रुपैयॉ कुल आम्दानी भएको र ५ लाख ८७ हजार ६ सय १ रुपैयॉ खर्चदै १ लाख ६२ हजार ५ सय २२ रपैया आम्दानी गरेको जनाएको छ । सहयोगीहरुबाट अझै रकम आईनसकेको क्लवले जनाएको छ ।

मेला अबधी भर होटल तथा बिभिन्न मनोरन्जनका साना खेल संचालन गरीएको भाडा लिन बॉकी रहेको र उक्त भाडा ब्यापार अनुसार आपसी सहमतिमा लिईने क्लव अध्यक्ष अमृत भन्डारीले जानकारी दिए । मेला गत पुष २० गतेबाट २६ गते सम्म चलेको थियो ।

Leave a Reply