जापानमा १० वर्ष बिताएका मंगलागाउँपालिका– २ तल्लो डडुवाका कृष्ण पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशु पालनलाई विस्तापित गर्दै लगडाउनको समयमा उनले कृषि र पशुपालनलाई व्यावासायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् ।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै र कोदो खेती रहेको बारीलाई विस्तापित गरेर उनले चार सय सुन्तलाका बिरुवा लगाएका छन् भने करिव दुई सय बोटबाट यस वर्ष दाना उत्पादन भएको पौडेलले बताए । गत वर्ष उत्पादन भएका सुन्तला काठमाडौं पु¥याएका उनले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पु¥याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन् । गत वर्ष सुन्तला खेतीबाट करिव एक लाख रुपैयाँ आम्दानी गरेका पौडेलले यस वर्ष आम्दानी बढ्ने अनुमान गरेका छन् ।  सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ ।

मकै कोदोलगायतको खेतीलाई विस्तापित गरेर सुन्तलासँगै गोलभेंडा, बन्दा र काउलीलगायतको तरकारी खेतीबाट मासिक १५ हजार भन्दा बढी आम्दानी गरेका छन् । पौडेले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन् । उनले करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नत जातका बोयर र स्थानीय बाख्रापालन समेत गरेका छन् ।

उनको व्यावसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न गाउँपालिकाबाट २ लाख, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने चापकटर अनुदानमा पाएका छन् । उनले सुरु गरेको व्यवसायमा एक जनालाई रोजगारी दिएका छन् भने बुबाआमाले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पु¥याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खसीबोका बिक्रीका लागिबजार पठाउन सहज भएको उनी बताउँछन् । यो समाचार कारोबार राष्ट्रिय दैनिकमा छ ।

Leave a Reply