Carrot tubers

। गाँजरलाई हामीले प्रायः सलादको रुपमा उपयोग गर्ने गरेका छौं । जाडो मौसममा समेत सुपरफूड मानिने गाँजर स्वादिलो मात्र नभई धेरै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ ।

गाँजरमा प्रसस्त मात्रामा भिटामिन ‘ए’, ‘सी’ र ‘के’का साथै धेरै मिनरल्स पाइन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसलाई सलाद, तरकारी, सूप, जुस वा पुडिङको रूपमा खान सकिन्छ ।

नियमित गाँजर खानुका यस्ता छन् फाइदाहरु…

– नियमित गाँजर खाँदा आँखाको ज्योति बढ्छ । यसमा पाइने बिटा क्यारोटिनबाट हाम्रो शरीरलाई फाइदा पुग्छ । यो पेटमा भिटामिन ‘ए’ मा परिणत हुन्छ ।

– गाँजरमा फलकारिनोल नामक प्राकृतिक कीटनाशक पाइने कुरा धेरै अध्ययनहरूमा खुलासा भइसकेको छ, जसले क्यान्सरको जोखिम कम गर्छ ।

– गाँजर खाँदा बुढेसकालको असर पनि कम हुन्छ । यसमा पाइने पौष्टिक तत्वले बृद्धावस्था रोक्ने एजेन्टको रुपमा काम गर्छ ।

– गाँजरको रसमा कालो नुन, धनियाको पात, भुटेको जीरा, कालो मरिच र कागतीको रस मिसाएर पिउदा पाचन सम्बन्धी समस्या हट्छ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गाँजर पनि खानुपर्छ । यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । यी दुवैले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ ।

 

Leave a Reply