म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । जिल्लाभित्र नागरिकको हेलचेक्रयाइ र सरकार निकायले निर्णय अनुसारको कार्यान्वयनमा कमजोरी तथा पूर्वतयारी फितलो हुँदै जा“दा दैनिकजसो संक्रमतिको संख्या बढेको छ ।

कोरोनाको दोस्रो लहरपछि घटेको अवस्थामा मंगलबार एन्टिजेनबाट २१ र पिसिआर परीक्षणबाट ९ जना गरी ३० जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराबाट जारी गरेको विज्ञप्ती बाहेक थप ५ जना बेनी अस्पतालमा गरिएको एन्टिजेनबाट संक्रमण पुष्टी भएको हो ।

‘एकैदिन ठुलो संख्यामा संक्रमित भेटिएका छन्,‘अब जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा ध्यान दिन आवश्यक छ’ लम्सालले भन्नुभयो । उहाँका अनुसार जिल्लाभित्र संक्रमतिको संख्या उकालो लागेको अवस्थामा सबैले जनस्वास्थ्यका मापदण्डको पालना आवश्यक रहेको बताउनुभयो । जिल्लाभित्र राजनीतिक दलका कार्यक्रमहरु नियमित सञ्चालन भइरहेका छन भने विद्यालय समेत खुलेको छ ।

जिल्लामा एकैदिन देखिएको संक्रमतिको संख्याले थप सर्तंकता आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको खोप अभियानमा अनिवार्य सहभागिता तथा कोरोनाको लक्षण देखिएमा तत्कालै परीक्षण गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीका स्थानीय तहले धमाधम कोरोनाको खोप अभियान सञ्चालन गरिरहेको भएपनि स्र्माट लकडाउनको कार्यविधि अनुसार कार्यान्वयनमा चुकेका छन् ।

Leave a Reply