राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उम्मेद्वार बनेका नेताहरुले मतदातासंग भेटघाट गदैं म्याग्दी आइपुगेका छन् । नेपाली कांग्रेसको तर्फबाट कमला पन्तनेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका सुरेश आले मगर र भुवन सुनारले लोकतन्त्रको बलियो जगमा बसाउन वर्तमान गठबन्धनका उम्मेदवारलाई विजय बनाउन अनुरोध गर्नुभएको थियो ।

म्याग्दीका मतदातासंग भेटघाट गदैं कार्यक्रममा राष्ट्रिय सभाका उम्मेद्वारत्रायले मतदाता समक्ष मुलुकलाई विकास निकास दिन गठबन्धनलाई भोट गर्न आग्रह गदैं देशमा अझै प्रतिगमनको खतरा अझै छ, प्रतिगमनलाई न्यूनिकरण गर्न गठबन्धनबाट साझा उम्मेद्वार बनेर अघि बढेको बताउनुभएको थियो ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठको अध्यक्षतामा रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य ज्योती लामिछानेको स्वागत तथा नेकपा एकीकृत समाजबादी म्याग्दीको अध्यक्ष कृष्णकुमार विश्वकर्माको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका नेता गोविन्द्र पौडेल र नेकपा एकीकृत समाजबादी प्रदेशका नेताले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा म्याग्दीबाट निर्वाचित प्रदेश सभा सदस्य पालिकाका अध्यक्ष र उपाध्यक्षको उपस्थित रहेको थियो । म्याग्दीमा राष्ट्रिय सभाका लागि म्याग्दीमा कांग्रेसको मेयर सहित ४ प्रमुख, २ उपप्रमुख रहनुभएको छ भने माओवादी केन्द्रको तर्फबाट प्रदेश क सांसद रहनुभएको छ । गण्डकी प्रदेशमा सत्ता गठबन्धन बलियो देखिएको छ ।

 

Leave a Reply