नेपाल व्यावसायिक बाख्रापालक महासंघले देशैभरी बाख्रा दिवस मनाएको छ । नेपाल; बाख्रा संगसंगै हामी, प्रथम राष्ट्रिय बाख्रा दिबस भन्ने मुल नाराका साथ महासंघले गण्डकी प्रदेश तथा जिल्लास्तरमा विविध कार्यक्रम सहित दिवस मनाएको हो।
महासंघका केन्द्रिय अध्यक्ष प्रेम सागर पौडेलको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बाख्रापालन सम्बन्धि सम्पुर्ण कार्ययोजना तर्जुमा गर्दा महासंघसंग समन्वय गरेमा परिणाम आउने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकास बक्ताले बाख्रापालकको हकहितमा स्थापित संघसंस्थामार्फत कृषकलाई आवश्यक योजनाहरुमा सघाउनुपर्नेमा जोड दिइएको महासंघका उपाध्यक्ष धन श्रीषले बताउनुभयो ।  उहाँले बिमाको सेवासुविधा सहित सहुलियतमा प्राप्त हुने योजनाहरुमा बास्तविक कृषकको पहिचान गर्न समेत महासघले सम्बन्धित निकायलाई अनुरोध गरेको थियो । आजकै दिन नेपाल व्यावसायिक बाख्रापालक महासंघको स्थापना गरेको अबसरमा बाख्रा दिवस मनाएको हो।

Leave a Reply