एक ब्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा म्याग्दी घर बताउने एक महिला अलपत्र परेको तस्वीर सहित पोष्ट गरेपछि सरू पाईजा पुनको नजर पर्यो । म्याग्दीको शिख घर बताएपछि थप खोजी गर्दा ५० बर्ष अगाडी काम खोज्दै साथीहरूसँग जानुभएकी अन्नपूर्ण गाउँपालिका-५ शिख स्वातकी ७४ बर्षिया रामसुबा तिलिजा भएको पत्ता लाग्यो ।

गएको दशैं अगाडी नै पहिचान भएपनि कोरोना लगायतका कारणले उद्धारमा कठिनाई भइरहेको अवस्थामा क्या. बलबहादुर तिलिजा, टेकबहादुर तिलिजा, सरस्वती पाईजा र सिता पाईजाको टोली रामबुबा बसेको स्थानमै पुगेर उद्धार गरी ल्याउनुभएको छ ।

भारतको मेघालायन राज्यको एक बस्ती नजिकै प्लाष्टिकको छाप्रो हालेर बस्नुभएकी बृद्धालाई उद्धार गर्दा निकै खुसी देखिनुभएको उद्धारकर्ता सरु तिलिजाको भनाई छ।‘हामी आउने थाहा पाएर असोज यता दैनिक नुहाउँदै बस्नुभएको रहेछ,‘कोरोनाले जान नसकेपछि आउँदैनन् भनेर निशास हुनुभएको थियो’ तिलिजाले भन्नुभयो ।

टोली नै पुगेपछि निकै उत्साहित हुनुभयो ।आसपासमा रहेका नेपालीले समेत सहयोग गर्ने गरेको पाइएको र विदाईको क्रममा सबैलाई धन्यवाद समेत दिएको तिलिजाको भनाई छ । उमेरले साथ दिदाँसम्म्म मजदुरी गरेपनि बुढेशकालमा बिरामी भई अलपत्र परेपछि स्थानीयले दिएको खाएर बस्ने गरेको पाइयो ।

करिब २४ बर्षको उमेरमा घरबाट म्याग्दी भित्रै काम गर्ने भन्दै निस्किएपनि घर फिर्ता नभएपछि लामो समयसम्म खोजीकार्य गरिएपनि अत्तोपत्तो नभएपछि आस मारेका थिए । भारतबाट उद्धार गरी जिल्ला प्रशासन कार्यालयबाट ७४ बर्षको उमेरमा नागरिकता समेत बनाउनुभएको छ ।

म्याग्दीका प्रजिअ चिरञ्जीवि रानाले कानुनी प्रक्रियाको पुरा गरी रामसुबालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नागरिकता लिएर आफन्तसँगै ५० बर्षपछि घर फर्किएकी रामसुबाले गाउँमै मर्ने चाहना पुरा भएको भन्दै सबैलाई धन्यवाद समेत दिनुभयो । घरमा परिवारका सदस्य नभएपनि उचित हेरचाह र सहयोग गर्ने आफन्त र स्थानीयबासीले प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply