बेनी नगरपालिका-९ नेप्टेचौरस्थित राष्ट्रिय मावि घतानका दुई शिक्षकमा कोरोना पुष्टी भएपछि विद्यालय बन्द गरिएको छ । लक्षण देखिएपछि गरिएको परीक्षणको क्रममा दुई जना शिक्षकमा संक्रमण तथा केही विद्यालय समेत सामान्य बिरामी भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । विद्यालयका शिक्षकको अवस्था समान्य छ ।

यता बेनी नगरपालिकामा विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा बैठक बस्ने तयारी भइरहेको छ । सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रका विद्यालयका शिक्षकमा समेत कोरोना देखिएपछि नगरपालिकाले समेत केही समयका लागी कोरोनाको चेनब्रेक गर्न विद्यालय बन्द गर्ने निर्णयको सम्भावना रहेको स्रोतको भनाई छ । कोरोना लक्षण देखिएका विद्यालयलाई तत्काल विद्यालय बन्द गर्न र बेलकुीसम्म नगरपालिकालको सूचनाको आधारमा थप योजना बनाउन समेत नगरपालिकाबाट जानकारी गराइएको छ ।

Leave a Reply