Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

परिवारमा छोराको मोह : १०औँ सन्तान पनि छोरी जन्मिएपछि बितिन् ३३ वर्षकी गौगोरा छत्याल

दशौँ सन्तान जन्माउँदा पनि छोरा नभएपछि एक आमाले मृत्यु रोजेकी छन् । घटना कर्णाली प्रदेश हुम्ला जिल्लाको हो । मंगलबार अदानचुली गाउँपालिका–५ का ३३ वर्षकी गौगोरा छत्यालले दशौँ सन्तानलाई जन्म दिइन् । उनको छोरा पाउने आशा थियो । धेरैले भनेका पनि थिए यो पटक छोरा नै हुन्छ ।

यसअघि उनले ९ छोरीलाई जन्म दिएकी थिइन् । तर दुर्भाग्य भयो मंगलबार १०औँ सन्तानको रुपमा जन्माएकी बच्चा पनि छोरी नै भइदियो । त्यसपछि उनी १०औँ छोरीको आमा भएको ५ मिनेटपनि बेहोस भइन् । उनलाई छोरा नजन्माएको भन्दै परीवारबाट मानसिक तनाव दिइने गरेको थियो ।

स्थानीयका अनुसार उनको यो पटक छोरा नै हुन्छ भन्ने थियो, यो पटक तर छोरा नजन्मिएपछि उनी बेहोस भइन् । उनी छोरीको अनुहार देखेपछि पाँच मिनेटमै बेहोस भएकी थिइन् । उनलाई छोरा पाउनै पर्ने बाध्यताका कारण उनी ३३ वर्षको उमेरमै १० सन्तानलाई जन्मदिन बाध्यसमेत भएकी थिइन् ।

उनमा यसअघि कुनै स्वास्थ्य समस्या थिएन । तर उनको छोरा नपाएको कारण नै दुखी हुनु पर्यो यति सम्मकी परानै त्याग्नुपर्यो । उनलाई परीवारको दवावले नै बेहोस हुनुपर्ने अवस्था रह्यो । अस्पताल रिपोर्टले उनलाई हर्टअट्याक भनेको छ । उनी मानसिक तनाव र सुत्केरी अवस्थाको पीडाले उनको हर्टअट्याक हुन गयो ।

जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहरा बेहोस हुनुको कारण मुख्यगरी मानसिक तनाव नै भएको बताउछिन् ।

Exit mobile version