म्याग्दीमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या डेढ सय नाघेको छ । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमतिको संंख्या १ सय ६३ जना पुगेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना थपिएसँगै तेस्रो लहरमा दैनिक संक्रमतिको संख्या ह्वात्तै बढेको छ । सक्रमतिको अवस्था समान्य रहेको छ ।

जिल्लामा संक्रमतिको संख्या उकालो लागेसँगै विद्यालयको पठनपाठन बन्द गरिएको छ भने अनिवार्य मास्क सहित कोराना नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको छ । पछिल्लो एक सातामा म्याग्दीमा कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि स्वास्थ्य कार्यालयले खोप अभियान सहित जनचेतनामुलका गतिविधिलाई प्राथिमकतामा दिएको छ । त्यस्तै स्थानीय तहले समेत खोप अभियानलाई तिब्रता दिएका छन् ।

Leave a Reply