म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा आयोजितनिःशुल्क आँखा शिविर स्थागित भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका शाखाले आयोजना गरेको शिविर कोरोनाको जोखिमका कारण स्थगित गरिएको इकाई सभापति तेजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालय आँखा अस्पताल पोखराबाट आउने चिकित्सक सहितको टोलीलाई कोरोना देखिएपछि अर्को सूचना जारी नहुदासम्मलाई स्थगित गरिएको छ ।

शिविरमा आँखाको परीक्षण गरी मोतियाबिन्दु फेला परेमा अप्रेसन सहित निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको थियो । शिविरले अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले कोरोनाको महामारी रोकिएपछि गरिने छ ।

 

Leave a Reply