Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले आफू प्रधानमन्त्री बनेको ६ महिनापछि आज पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । आज दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका कामकारबाही तथा मुलुकमा पछिल्लो समय पुनः बढेको कोरोना संक्रमण लगायत विषयबारे जनतालाई जानकारी गराउनेछन् । उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

मुलुकले आगामी वैशाखमा नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने बाध्यता छ । साथै संघीय निर्वाचनबारे समेत दलहरुबीच छलफल चलिरहेको छ । यी लगायत विषय पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिने जनाइएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि आजै अपराह्न ४ बजे सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पनि बालुवाटारमै बस्ने तय भएको छ ।

Exit mobile version