क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ ।

आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै नेपाली वा नेपालमा बस्ने विदेशी नागारिक साथै विदेशमा बस्ने नेपालीले पनि यस्तो कारोबार गर्न नपाउने उल्लेख गरेको छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले हाइपर फण्डमा छोटो समयमै धेरै मूनाफा कमाउन सकिने भन्दै लगानी गर्ने गरेका छन् ।

विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरुलाई समेत यस्तो कारोबारमा लगाउने गरेका छन् । यसबारे व्यापक गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार नगर्न र गरेको पाइए कानून अनुसार कारबाही हुने बताएको हो ।

Leave a Reply