हराइरहेका म्याग्दीका एक यूवा कालिगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । गएको पुस १८ गते आइतबारदेखि घरबाट सम्पर्कविहीन भएका रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी घर भएका ३२ बर्षिय मन बहादुर छन्त्याल (मनु) को नदी मा तैरिएको अवस्थामा बागलुङतर्फ फेला परेको हो ।

पर्वत बेनीको न्यू होराईजन आवासीय मावि नजिकै बस्दै आएका छन्त्याल एकाएक सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेपछि खोजीकार्य गरिएको थियो। खोलामा माछा मार्न गएकाल फेला पारेपछि पर्वतको खनियाँघाटमा रहेका प्रहरीलाई खवर गरेपछि पर्वत प्रहरीले बागलुङसँग समन्वय गरेको थियो ।

मृतकको शव परिवारलाई जिम्मा लगाएर सोमबार नै अन्तेष्टी गरिएको आफन्त अंकित थापाले बताए । परिवारमा झगडा र कुनैपनि समस्या नभएको अवस्थामा एक्कासी बेपत्ता भएपछि खोजीकार्यमा जुटेका थिए। मृतकको शरीरमा समान्य चोट बाहेक केही नदेखिएकाले खोलामा हामफालेको आशंका प्रहरीले गरेको छ ।

Leave a Reply