म्याग्दीमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक साता यता तिब्र गतिमा फैलिएको कोरोनाबाट संक्तमतिको संख्या उकालो लागेपनि सोमबार एकैपटक ४९ जनाले कोरोनालाई जितेका छन् । तेस्रो लहरमा कोरोना संक्रमतिको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

संक्रमतिले ५ दिनसम्म आइसोलेसनमा बसेर नियमित काममा फर्किने गरेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रले जनाएको छ । यता सोमबार ४९ जनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएकाकुल परीक्षणको ५० प्रतिशतमा भन्दा बढीमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो एक सातामा एन्टिजन विधिबाट र पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाले संक्रमतिको संख्या दोब्बर भन्दा बढी छ । जिल्लाभित्र नै संक्रिय संक्रमतिको संख्या २४० रहेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले अनिवार्य खोप कार्ड सहितको सेवा र मास्क नलगाई बाहिर निस्कनेलाई मास्क वितरण सहितका अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply