कुश्मा, १२ माघ । १६ बर्षीय युवतिलाई बलात्कार गरी गर्भवति बनाउने पर्वतको मोदि गाउँपालिका–५ बाजुङका २४ बर्षीय सुनिल अखेली (एसी)लाई प्रहरीले पक्राउ गरेको छ ।

अबिवाहित किशोरीले बच्चा जन्माएपछि अनुसन्धान गर्ने क्रममा अखेलीसँगको सम्पर्क भएको पहिचान भएपनि उनले बिवाह गर्न अस्विकार गरेपछि किशोरीका आफन्तले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

किशोरीले २०७८ बैशाख पहिलो सातादेखि अखेलीले बिवाह गर्ने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेर गर्भवति बनाएको जाहेरी दिएकी छिन् । केटा पक्षले जात नमिल्ने भन्दै बिवाह गर्न अस्विकार गरेका थिए । अखेली बिरुद्ध पर्वत जिल्ला अदालतमा बुधबार जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

Leave a Reply