सन् २०२१ को कोपा विजेता अर्जेन्टिनाले आफ्नो चिरप्रतिद्वन्दी चिलीलाई पराजित गरेको छ। फिफा विश्वकप- २०२२ को छनोट खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले हराएको हो। शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जल डि मारिया लाउटारो मार्टिनेजले गोल गरेका थिए। चिलीका लागि भने ब्रेरेटनले एक गोल गरे।

कतारमा हुने विश्वकप फुटबलमा अर्जेन्टिनाले यसअघि नै कतार यात्रा पक्का गरिसकेको छ। दक्षिण अमेरिकी देशको विश्वकप छनोटको अंक तालिकामा ब्राजिल ३६ अंकसहित पहिलो स्थानममा छ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३२ अंक छ।

Leave a Reply