बागलुङ अदुवाबारी जोड्ने संसारकै लामो पुल ‘गण्डकी गोल्डेन ब्रिजको’ अनावरण गरिएको छ । पुलको अनावरण शहीद दिवसका अवसरमा आईतबार बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गर्नुभएको थियो । सो अवसरमा पुलको उत्कृष्ट नामाकरण गर्ने नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष तथा बानपा ५ का घनस्याम सापकोटा लाई सम्मान समेत गरिएको छ ।

सापकोटा लाई बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नगद २५ हजार सहित कदर पत्र र दोशल्ला ओडाएर सम्मान गर्नुभएको हो । बागलुङ नगरपालिका – १ रामरेखा देखी पर्वतको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरणका लागि बागलुङ नगरपालिकाले आव्हान गरेको थियो ।सो अवसरमा संकलन गरिएका बिभिन्न नाम मध्ये सापकोटाले गरेको नामाकरण गण्डकी गोल्डेन ब्रिज उत्कृष्ट छनोट भएको थियो । यो पुल विश्वकै लामो भएको दाबी गरिएको छ ।

Leave a Reply