tf]/L;Fu} l6s6s agfpFb} ko{6s unsf]6, !^ df3 M DofUbL lhNnfsf] a]gL gu/kflnsf–! /Tg]rf}/sf] kmfF6df /x]sf] tf]/L;Fu} l6s6s agfpFb} cfGtl/s ko{6s . clxn] pQm :yfg efO/n tf]/Laf/Lsf ?kdf k|rlnt ePsf] 5 . t:jL/M v]d/fh uf}td÷/f;;

नेपाली भाषामा एउटा उखान छ– के मैले तेरो तोरी बारी फाँडिदिएको छु र ? यो उखानमा हुनसक्छ, तोरी किसानको महत्वपूर्ण बाली हो । त्यसैले तोरी बारी फाँड्नुलाई एक ठूलो अपराधका रुपमा यहाँ प्रस्तुत गर्न खोजिएको हुनसक्छ । यो उखानले त्यही अर्थ दिएको छ ।

फेरि तोरीकै नाम जोडेर अर्काे एक आशय पनि व्यक्त गर्ने गरिएको छ नेपालको ग्रामीण समाजमा । जस्तो कि गाउँमा आउने लाहुरेलाई ‘तोरी लाहुरे’ भन्ने गरेको पनि सुनिएको छ । तोरी लाहुरेको अर्थ के हो ? विभिन्न अर्थमा अथ्र्याएको भेटिन्छ यो वाक्यांशलाई । कतिले गाउँमा तोरी फुल्ने बेलामा लाहुरबाट लाहुरे आउने भएकाले त्यसलाई तोरी लाहुरे भन्ने गरिएको बताएका छन् ।

अनि अरु कतिपयको तर्क यो छ कि पैसा धेरै नल्याउने, सानोतिनो जागिर गरेर आउने मानौँ कि तोरी किन्ने पैसामात्र बोकेर आउने र खासै लाहुरेको जस्तो हाउभाउ र राम्रो प्रभाव नभएको मानिसलाई तोरी लाहुरे भन्ने गरिएको पनि भन्ने गरिन्छ । तर यतिखेर यहाँको प्रसंग यी फरक फरक अभिव्यक्तिका बारेको नभएर तोरी पर्यटनको हो ।

अहिले मिडिया, सोसल मिडियाहरुतिर हेर्दा देशभरि तोरी पर्यटन फस्टाएको सुनिएको, देखिएको छ । यो ग्रामीण क्षेत्रतिर तोरी फुल्ने सिजन नै हो । धान काटेपछि खेतमा र कोदो उठाएपछि बारीमा गहुँ या तोरी लगाउने चलन अझै छ ।

त्यसैले खेती गरेका ठाउँका गाउँका फाँटमा अहिले तोरी पहेँलपुर छ । ती तोरीफूलका तस्बिरहरुले अहिले मिडिया सोसियल मिडिया पनि रंगिएका छन् । यतिखेरको प्रसंग भने म्याग्दीको भाइरल तोरीबारीको हो । म्याग्दीको रत्नेचौरको तोरीबारी अहिले युवायुवतीहरुले टिकटक बनाउने ठाउँ बनेको छ।रत्नेचौरमा बागलुंग बजारदेखि पनि मानिसहरु गाडी लिउरै पुगे फोटो खिच्नलाई ।

सुरुका केही दिन त सायद ती किसानले थाहा पनि पाएनन् । मानिसहरु आउँथे, यसो सडकबाट तोरीसँग सेल्फि खिच्थे र जान्थे । तर पछिल्लो समयमा भने ठूलो भीड नै लाग्न थाल्यो बारीमा । अनि अहिले आएर प्रहरी नै लगाएर त्यहाँ जान नपाउने व्यवस्था गर्नुपर्यो । यसबाट हामी कति फुर्सदिला छौँ भन्ने विषयको खोजी पनि गर्न सकिन्छ । अनि युवायुवतीहरुको टिकटकप्रतिको आकर्षण कति छ भन्ने विषयमा पनि यसलाई लिन सकिन्छ । उनीहरु कति फुर्सदिला छन् या नेपालका युवायुवतीहरु फेसबुक टिकटकमा आफूलाई कतिधेरै व्यवस्था राख्दा रहे्छन् भन्ने पनि यसबाट बुझ्न सजिलो हुन्छ ।

आफ्नो कामदाम नै छोडेर टिकटक बनाउनकै लागि गाडी बुकिंग गरेरै अर्काे जिल्लामा जाने भनेपछि यो फेसबुक क्रेजले हामी नेपालीहरुको समय कति खपत भइरहेको छ र यो उमेरको जनशक्तिले नेपाली समाजलाई कतातिर लैजाँदैछ भन्ने बारेमा पनि बुझ्न सकिन्छ । जेहोस्, पछिल्लो समयमा आन्तरिक पर्यटनको भने विकास भएको छ । पहिले पहिले पर्यटक भनेपछि गोरो छाला नै कुर्नुपर्ने होटल या पर्यटन व्यवसायीहरुले अहिले भने स्वदेशी पर्यटक नै पाउने गरेका छन् ।

यो तोरी पर्यटन पनि यसको पछिल्लो एउटा उदाहरण हो । जसले अहिले बागलुंग, पर्वत र म्याग्दीका युवायुवतीहरुलाई तस्बिर सेल्फी खिच्न तथा टिकटक बनाउनकै लागि यहाँ जम्मा गरिदिएको छ । यसैलाई अहिले गाउँघरतिर तोरी पर्यटन भनेर नाम राख्ने गरिएको छ । स्रोत : न्यूजपोलार डटकम

Leave a Reply