देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न क्षेत्रमा भारी हिमपात र वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ। अरु दिनको तुलनामा आज तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहीबार रातिदेखि सुदूरश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशमा भारी हिमपात र वर्षा भएको छ । हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । विभिन्न क्षेत्रम  मेघ गर्जनसहित चट्याङ परेको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेश, मधेस प्रदेशलगायतका क्षेत्रमा पानी पर्नुका साथै हावाहुरी चलिरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकाका डाँडाकाँडा, चितवन, जुम्ला, रुकुमपश्चिमलगायत क्षेत्रहरुमा भारी हिमपात भएको जानकारी दिए ।

‘‘आइतबारपछि क्रमिक रुपमा मौसममा सुधार आउँदै जाने देखिएको छ । गएरातिदेखि भएको वर्षाले तापक्रम केही घटेको छ । शनिवार र आइतबार केही तापक्रम घट्ने अनुमान छ । त्यसपछि मौसममा सुधार आएपछि केही तापक्रम वृद्धि हुँदै जानेछ,” उनले भने । आइतबारदेखि पूर्वी नेपाल हुँदै पश्चिमी न्यून चापीय प्रणाली निष्कृय हुँदै  जाने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

 

Leave a Reply