विगत दुई महिनादेखि स्थगित पोखरा-जोमसोम हवाई उडान फागुन १७ गतेदेखि संञ्चालनमा आउने भएको छ। पोखरा-जोमसोम हवाई उडान गत पुस १० गतेदेखि ठप्प भएकोमा यती एयरलान्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोमको ब्यवसायिक हवाई उडान सञ्चालनको तैयारी गरेको जनाएको छ।

तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार तारा एयरको जहाजमा कुनै प्राविधिक समस्या नआएको खण्डमा पोखरा-जोमसोम हवाई सेवा फागुन १७ गतेदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए। उनका अनुसार कोरोना अघि तारा एयरले नियमितरुपमा बाह्रै महिना सेवा सञ्चालन गर्ने गरेको भएपनि चालु वर्ष भारतीय पर्यटक नआएको, कोरोना संक्रमण बढ्दै गएको र प्रतिकुल मौसम र अत्यधिक चिसोका कारण पोखरा-जोमसोम हवाई उडान स्थागित गर्नु परेको हो।

कोभिडको जोखिम कम हुँदै गईरहेको र गर्मीयाम सुरु भई पर्यटकीय उपस्थिती हुने भएकाले उडान सञ्चालनको तयारी भईरहेको तारा एयरका प्रवक्ता बर्तौलाले बताए।पोखरम-जोमसोम हवाई उडानका लागि विदेश पर्यटक र नेपाली पर्यटकलाई फरक÷फरक भाडादर कायम गरिएको छ।

यात्रुको निम्न चाप र नेपाली यात्रु बोक्दा एयरलाईन्स घाटामा जाने भएकाले पनि मुस्ताङमा उडान भर्न कम्पनी ईच्छुक नदेखिएका हुन्। तारा एयरको साना जहाजले अहिले हुम्ला र सिमिकोटतर्फ उडान भर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाई छ। एकतर्फी यात्रु बोक्दा एयरलाईन्स कम्पनीलाई खर्च समेत नउठ्ने  भएकाले उडान सञ्चालनमा आउन नसकेको हो। साताको दुई पटक उडान भर्ने वायुसेवा निगमको जहाज मुस्ताङ नआउँदा मुस्ताङको संघीय सांसद प्रेमप्रसाद तुलाचनले सरकारको ध्यानआर्कषण गराएका थिए। Source: annapurnapost.com

Leave a Reply