रघुगंगा गाउँपालिकाको वडा नं २ बाहुनचौरमा बन्ने कोल्डस्टोरको फिल्ड सर्वेमा प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी र वडा अध्यक्ष रिम कटुवाल ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा दुई वटा कोल्ड स्टोर (चिस्यान केन्द्र) बनाइने भएको छ। गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नम्बर ६ पाखापानीमा खाद्यान्न,तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्ड स्टोर बनाउन लागेको हो ।

गाउँपालिकाको एक गाउँ एक उत्पादन अभियान अन्तरगत भगवतीमा संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एक करोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

कोल्ड स्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिर्क एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)पछि टेन्डर प्रक्रियामा जाने प्रमुख प्रशासकीय अधिकृत सुबेदीको बताउनुभयो ।

सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले,भगवती,बेगखोलाकाले धेरै प्रयोग गरेपनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिका भरीका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाई छ ।

‘भगवतीको ठूलो भएको कृषि उपजलाई भण्डारण गरी सिधै बजारमा लैजान सकिन्छ,‘कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राखिन्छ’सुबेदीले भन्नुभयो । त्यस्तै पाखापानीमा संघीय र गाउँपालिकाको गरी २२ लाख रुपैयाँ लागतमा एकबर्षभित्र सम्पन्न गर्ने गरी पोट्रेवल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ।

भौगोलिक रुपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुईनेमंगले क्षेत्रका कृषकलाई लक्षित गरी पाखापानीमा बनाउन लागिएको कोल्डच्याम्बर एक वर्ष भित्रमा उक्त निर्माण गरिने वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोर्सको डिजाइन स्टिमेटको काम अगाडी बढेकाले अगुवा कृषक समेत उत्साहिन छन् ।

कोल्ड स्टोर बनेपछि कृषिजन्य बस्तु र फलफुल अन्तरगत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बमौसमी सिजनमा बजारमा पु¥याउन सकिन्छ । सिजनमा उत्पादन गरेर बिक्रीको तुलनामा बेमौसममा कोल्ड स्टोरमा राखेर बिक्री गर्दा चारगुणाभन्दा बढी फाइदा हुन्छ ।

गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोष समेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । ‘यो सम्पन्न हुने बेलासम्म हामीले थप योजना सहित अगाडी आउँछौ,‘कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी गाउँपालिकाले सघाउँछ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

रघुगंगामा उत्पादन हुने कृषि र फलफुल करिब ६ महिनासम्म कोल्ड स्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी बृद्धि हुने कृषि क्षेत्रका जानकारहरु बताउँछन् । कोल्ड स्टोरमा राखिएको बस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।

चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैत्र महिनामा समेत खान पाइएको छ भने निधौरित समयमै कोल्डस्टोर्स बनेमा रघुगंगामा उत्पादन हुने कृषि र फलफुल जन्य बस्तु समेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइने छ।

Leave a Reply