आईएमई पेले  प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विभिन्न डिपार्टमेन्टल स्टोरहरुबाट किराना सामग्री खरिद गर्दा १० प्रतिशत छुट दिने अफर ल्याएकाे छ।

नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएकाे छ।

स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले स्क्यान एनी क्यूआर अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्तान गर्न मिल्ने सुविधा ल्याएको हाे।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आईएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले याे अफर एकपल्ट मात्रै प्रयोग गर्न पाउने आईएमई पेले जनाएकाे छ। छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, के-के सुपरमार्ट, सेल्सबेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।

क्याम्पियनमा आईएमई पे मोबाइल वालेटमार्फत मात्रै १० प्रतिशत अर्थात एक सय रुपैयाँसम्म छुट उपलब्ध हुने भएकाे छ । स्क्यान गरी अथवा डाइरेक्ट भुक्तानी गर्दा एक वालेट आईडीले एक डिपार्टमेन्टल स्टोर र एक समयको लागि मात्र १० प्रतिशत छुट दिइने भएकाे छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने आईएमई पे ले जनाएकाे छ ।

Leave a Reply