म्याग्दीमा वनपैदावर (फर्निचर) ब्यवसायी संगठित भएका छन् । म्याग्दी र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकामा रहेका फर्निचर ब्यवसायीको शनिवार वेनीमा आयोजित भेलाले कृष्ण जिसीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । भेलाबाट उपाध्यक्षमा दिनेश केसी, सचिवमा मुकुन्द शर्मा, कोषध्यक्षमा सुदीप बानियाँ, सहसचिवमा राजेन्द्र रेग्मी रहेका छन् ।

समितिको सदस्यहरुमा राजकुमार क्षत्री, वलबहादुर विश्वकर्मा, खिलबहादुर विश्वकर्मा, गोविन्द रिजाल, ओमबहादुर किसान, विरेन्द्र किसान, लोकबहादुर हर्मेल, रिता खत्री, मिलन बानियाँ र समबहादुर विक रहेका छन ।

जिल्लाभित्र फर्निचर ब्यवसाय सञ्चालन गरिरहेका विभिन्न राजनीतिक दलसँग आवद्ध रहेका ब्यवसायीहरुले राज्यलाई कर तिरेर ब्यवसाय गर्नेभन्दा केही भारतीयहरुले मजदुरको समुह परिचायन गरी विना दर्ता र राज्यलाई घर समेत नतिरी ब्यवसायीको वदनाम भएको भन्दै जिल्लाका फर्निचन ब्यवसायी संगठित भएको अध्यक्ष केसीले बताए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सम्बोधन गदैं ब्यवसायीको समस्यालाई समाधान गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।  भेलाले समितिको सल्लाहकारमा वालकृष्ण सुवेदी, प्रमोद श्रेष्ठ, कुविर श्रेष्ठ, डम्बर सापकोटा र छेमप्रसाद गर्वुजा मगर रहेका छन ।

भारतीयले सस्तोमा भन्दै घरघरमा पुगेर काम गर्ने, महंगो र गुणस्रहिन काम गरी फर्निचर ब्यवसायीको बदनाम गरेकाले एकता र सहकार्य आवश्यकता रहेको भेलामा सहभागीले बताएका थिए । भारतीयलाई समेत कानुनी प्रक्रिया पुरा गरी ब्यवसायमा प्रतिस्पर्धा गर्न समेत ब्यवसायीले चुनौती दिएका छन् ।

Leave a Reply