नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा राम्जी मल्ल चयन हुनुभएको छ । आइतवार ताकममा आयोजित पालिका भेलाले मल्लको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटि गठन गरेको हो ।

महासंघ धौलागिरी पालिका कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा नर बहादुर थापा, उपसचिवमा अम्विका शर्मा, चेतनसिंह घर्ती, कौशिला आचार्य खत्री र सहकोषाध्यक्षमा गौ बहादुर क्षत्री चयन हुनुभएको नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटि सचिव रेशम छन्त्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य देव बहादुर थापाले व्यवसायी र उपभोक्ताहरु विचको सम्वन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताउनुभयो । व्यवसाय सफल हुनका लागि बजार महत्वपूर्ण हुने भन्दै थापाले आफुले उत्पादन गरेको बस्तुलाई सहज तरिकाले बजारमा पु¥याउनका लागि ग्रामिण भेगका व्यवसायीहरुलाई समस्या हुने गरेको बताउनुभयो ।

नेकपा एमाले धौलागिरी गाउँपालिका अध्यक्ष होम बहादुर थापा र सचिव रेशम छन्त्यालले पालिका भित्र रहेका साना तथा मझौला सवै प्रकारका उद्योगी तथा व्यवसायीलाई आवद्ध गराउँदै विभन्न रचनात्मक कार्य गर्न महासंघको नव निर्वाचित कमिटिलाई अनुरोध गर्नुभयो । भेलामा धौलागिरी गाउँपालिका वडा नं ७ ताकमका वडा अध्यक्ष कलानिधि शर्मा, महासंघका जिल्ला कमिटि अध्यक्ष नारायण शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम महासंघ जिल्ला कमिटि अध्यक्ष शर्माको अध्यक्षता र तेजिन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply