म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको प्रकाश माविले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि गलेश्वर मावि तोरीपानीमा आयोजना भएको लोकनृत्य प्रतियोगीतामा सहभागी भई प्रथम स्थान हाँसिल गरेका बिद्यार्थीहरुलाई अविर, खादा र नगद सहित सम्मान गरिएको हो ।

घतान सेवा समाज दोहा कतारले गत शुक्रवार गलेश्वर माविमा लोकनृत्य प्रतियोगीताको आयोजना गरेको थियो । जिल्लाभर बाट १५ वटा बिद्यालयले भाग लिएको उक्त प्रतियोगीतामा बेनीको प्रकाश मावि प्रथम भएको थियो ।

प्रतियोगीतामा भाग लिएका बिद्यार्थीहरु सृजना केसी, मिलन थापा मगर, निशा किसान, सुमित परियार, राम बिश्वकर्मा, श्याम तामाङ र नृत्य प्रशिक्षक शान्ति रामदाम हर्मेललाई बधाई सहित सम्मान गरिएको बिद्यालयका शिक्षक बिनय श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै शिक्षा बिकास तथा समन्वय ईकाईबाट जिल्ला स्तरीय प्रतिभा प्रस्फुटन प्रतियोगीतामा नृत्य तर्फ प्रथम हुन सफल मिलन थापा मगरलाई पनि सम्मान गरिएको छ । प्रतियोगीतामा सहभागी भई बिजयी बन्न सफल बिद्यार्थीहरुलाई थप हौसला र प्रोत्साहन मिलोस भनि बधाई ज्ञापन सहित सम्मान गरिएको बिद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादुर हमालले बताउनुभयो ।

बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति सदस्य सरला सुवेदी र शिक्षक अभिभावक संघका सदस्य नारायण ढुंगानाको बिशेष उपस्थिति रहेको थियो । शिक्षा विकास निर्देशनालय पोखराले संचालन गरेको प्रतिभा प्रस्फुटन कार्यक्रमका लागि शिक्षा बिकास तथा समन्वय ईकाईले जिल्लामा छनौट प्रतियोगीता आयोजना गरको थियो ।

कोभिडका कारण अनलाईन माध्यमबाट गरिएको प्रतियोगीतामा नृत्यतर्फ सात वटा र गायनतर्फ दुइवटा बिद्यालयले सहभागीता जनाएका थिए । जसमा नृत्यतर्फ प्रकाश माविकी मिलन थापा मगर र गायनतर्फ न्यू वोइष्ट माविका लकुश पुन प्रथम हुनुभएको शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले जानकारी दिनुभयो ।

विजेता बिद्यार्थीहरुलाई फागुन २७ गते पोखरामा संचालन हुने प्रदेश स्तरीय प्रतिभा प्रस्फुटन कार्यक्रममा सहभागी गराईने छ । नृत्य बिद्यातर्फको छनौट प्रतियोगीतामा गौवमवस्थ माविका सुदिप वुढा द्वित्तिय र न्यू वोइष्ट माविकी क्रिस्टिना पुन तृतिय हुनुभएको थियो । बिजेता बिद्यार्थीलाई क्रमशः दुइ हजार, पन्ध्र सय, एक हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको प्रमुख थापाले बताउनुभयो ।

Leave a Reply