जनयुद्धका पीडालाई प्रस्तुत गरेको गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’का केही विषयवस्तु तथा दृष्य विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरूले हटाउन निर्देशन दिएका छन् ।सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाएका छन् । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलका मात्र नभए अन्यले पनि आपत्ती जनाएका छन् ।

माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर चरित्र चित्रण गर्नु आपत्ती जनक भएको बताएका छन् । २४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ ।

१६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गरेको छ । अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिएकी छिन् । Source: kathmandukhabar

Leave a Reply