म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो भएपनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । उनले अनुभव, स्रोतसाधनको प्रयाप्त नहुदाँ समस्या भएकाले अवका दिनमा पालिकालाई अझै उत्कृष्ट बनाउँदै नेपालको नमुना गाउँपालिका बनाउने बताए । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेकोमा थप जिम्मेबारी थपिएको बताए । यसै सन्र्दभमा अध्यक्ष रोकाले गरेको छोटो कुराकानी

मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दी जिल्लामा पहिलो स्थानमा परेमा बधाई छ ।
धन्यवाद ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट स्थानीय तहमा बन्न कसरी सफल भयो ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ राखी गरेको मूल्यांकनमा मंगला गाउँपालिकाको अधिकांश सूचकहरु पूरा गर्न सफल भएको छ । मेरो नेतृत्वमा कर्मचारीको उत्कृष्ट कार्यसम्पादन, तिव्र इच्छाशक्ति तथा मेहेनत, गाउँपालिका उपाध्यक्षज्यू, वडाध्यक्षज्यू तथा जनप्रतिनीधिहरुको मेहेनत, लगनशीलता, तालमेल समन्वय, सहकार्य र काम गरौं भन्ने तिव्र इच्छाशक्तिको कारण यो नतिजा प्राप्त गर्न सफल भएका छौं । गाउँपालिकामा अनेकौं समस्याहरु छन्, विवादहरु आउँछन, स्रोत साधनको हरेक हिसावले कमी छ ।

त्यसबीचमा पनि जनप्रतिनीधि र कर्मचारी एकजुट भएरसहि प्लानिङ ग¥यौं, टिमवर्क ग¥यौं, कार्यविभाजन ग¥यौं, गरेको कामको सहि तरिकाले सहि समयमा रिपोर्टिङ ग¥यौं जसले गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ राखी गरेको मूल्यांकनमा मंगला गाउँपालिकाको अधिकांश सूचकहरु पूरा गर्न सफल भइ यो प्राप्त भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ्क राखेर गरेको मूल्याङ्कनका कुन सूचकहरूमा बलियो र अझै मेहनत गर्नु पर्ने देखियो त ?
आयोगले राखेका १७ सूचकमध्ये यस पालिकाले तोकिएको समयमै बजेट पेश तथा पारित गरेको, आवधिक योजना निर्माण भएको, UTRASoftware प्रयोग मार्फत आर्थिक कारोवार व्यवस्थित गरिएको, बजेट कार्यान्वयनको वार्षिक समिक्षा तथा रिपोटिङ गरेको, बजेट कार्यान्वयन प्रगति ८० प्रतिशत माथि रहेको, बेरुजु अंक अन्य पालिकाको तुलनामा कम रहेको, विद्यालय भर्नादर, संस्थागत सुत्केरी, वालवालिकामा पूर्ण खोपको अवस्था र आयोगको विद्युतीय पोर्टलमा समयमा रिपोर्टिङ गर्ने सम्वन्धी सूचकहरुमा बलियो अवस्था छ भने कतिपय सूचकमा data not avilable भनी उल्लेख भएको र शिक्षा तथा स्वास्थ्य तर्फको बालवालिकाको विद्यालय भर्नादर तथा कक्षा ८ र ९ सम्म पुग्दाको विद्यार्थी टिकाउदर, गाउँपालिकाको टार्गेटेड गर्भवती र संस्थागत सुत्केरी संख्या अनुसार स्वास्थ्य चेकजाँच अनुपात नमिल्दा कतिपय सूचकमा कम प्राप्तांक भएको हो । यी सूचकहरुलाइ हामी गहिरो अध्ययन गरी सुधार तर्फ लागेका छौं ।

यसै गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना कार्यरत मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा देशभरकै दोश्रो नम्बरमा प¥यो, जनप्रतिनिधि र कर्मचारीको तालमेल राम्रो देखियो होईन् त ।
अवश्य नै । गाउँपालिका स्थानीय सरकार हो जसले प्रत्येक पालिकावासी नागरिकको जन्मपूर्व देखि मृत्युपश्चात (Womb to Tomb)गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । हामीसँग स्रोतसाधनहरुको कमि छ जनताको आवश्यकता र आकांक्षा असिमित छ, उपलब्ध स्रोतसाधनको कुशलतम प्रायोग गरेर नागरिकको आवश्यकता पूरा गर्नुपर्ने चुनौती छ ।

यस्तो अवस्थामा जनप्रतिनीधि र कर्मचारीको तालमेल सहकार्य अति महत्वपूर्ण रहन्छ, जुन विगतमा मैले काम गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको नेतृत्व गर्नुभएको गाउँपालिका अध्यक्ष र अन्य जनप्रतिनीधिमा यो भावना रहेको थियो, त्यहाँ भएको सहकार्य र तालमेलले नै नेपालमै दोस्रो स्थान प्राप्त भएको हो ।

मंगला गाउँपालिकामा आउँदा समेत मैले उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरु तथा अरु जनप्रतिनीधिज्यूहरुमा काम गर्ने तिव्र इच्छा, कर्मचारीको परिचालन, तालमेल, समन्वय सहकार्य उत्कृष्ट छ। जसले गर्दा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा यो नतिजा प्राप्त गर्न सफल भएका छौं । आगामी दिनमा कमजोर पक्षलाई थप सुधार गरी देशभरीकै उत्कृष्ट ५ भित्र पर्ने हाम्रो लक्ष्य रहेको छ ।

पाँचबर्षे कार्यकालमा मंगलाले गर्व गर्न लायकका कुन–कुन महत्वपूर्ण योजना तयार गर्यो त ?
पाँचवर्षे कार्यकालमा मंगला गाउँपालिकाले वावियाचौर वजार पिच गरी बजारलाई व्यवस्थित र सभ्य वनाउने काम, मंगला इन्द्रेणी पार्क निर्माण, पोक सातविसे वरंजा नमुना सडक निर्माण, सिम कुँहु टोड्के सडक निर्माण, काफलचौर सल्यानभर्जुला हिदी सडक, पुलचोक पिपलबाट टिकावाङ सडक मुख्य रणनीतिक सडक निर्माण तथा स्तरोन्नती गरेको छ । सवै वस्तीहरुमा सडक पहुँच पुगेको र केन्द्रीय प्रशारण लाइन पुराई व्यवस्थित गरिएको छ । सवै वडामा वडा कार्यालय भवन निर्माण भई विद्युत सञ्चारको व्यवस्था भई सेवा प्रवाह भैरहेको छ । सवै वडा तथा गाउँटोलमा सामुदायिक भवनहरु, क्लव भवनहरु निर्माण भएका छ ।

यो अवधिमा ठूला मानिएका अधुरा योजनाहरू कु्न कुन छन त ?
यो अवधिमा अधुरा योजना छैनन तर बहुवर्षिय योजनाहरु आगामी वर्षहरुमा समेत निरन्तर हुनेछन । बेनी साप्ताहिक

 

Leave a Reply