पर्वतको जलजला गाउँपालिका-७ धाईरिङको केराबारी बस्तीमा छिरेको चितुवालाई सातघण्टापछि नियन्त्रणमा लिइएको छ। बुधबार विहान ६ बजे बेनी–मालढुंगा सडकखण्ड अन्तरगत केराबारीको सडकमा भेटिएको चितुवाले आतंक मच्चाएको थियो ।

सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनमा सवार यात्रुलाई आक्रमण, पशुचौपायालाई समेत सामान्य घाईते बनाएको चितुवालाई स्थानीय, प्रहरी र डिभिजन बन कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएको स्थानीय यूवा शिव आचार्यले बताए ।

‘बस्तीमा समेत प्रवेश गरी आतंक मच्चाएको थियो,‘सामान्य विरामी जस्तै देखिएको चितुवाले गोठमा गाईलाई समेत आक्रमण गयो ’ आचार्यले भने । उनले सडकखण्डमा राखिएका सवारीसाधन पल्टाउने, घरभित्र छिर्ने र मान्छेलाई झम्टिन खोजेको बताए ।

चितुवालाई खोरमा हाल्ने क्रममा खुट्टा लगायतमा चोट लागेको प्राविधिकले जनाएका छन् । डिभिजन बन कार्यालयका प्राविधिकले मानवबस्तीमा प्रवेश गरेपछि आक्रमक भएपनि नरभक्षी चितुवा नभएको बताएका छन् । पछिल्लो समय म्याग्दी र पर्वतमा चितुवा मानव बस्तीमा प्रवेश गरेको, चौपाया खाइदिएको, घाँस–दाउरा गर्ने ग्रामीण भेगका किसान,पदैलयात्रीलाई घाईते बनाउने गरेको घटना बढेको छ ।

Leave a Reply