पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा रहेको शिव माविको स्थापनाको ४५ औं बाषिकोत्सवको अवसरमा आयोजित अन्तरमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पर्वतबेनीको न्यु होराइजन आवासीय मावि प्रथम भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित प्रतियोगिता होराइजन प्रथम, विद्याज्योति मावि द्धितिय र जनकल्याण मावि तृतिय भएको विद्यालयले जनाएको छ ।

बार्षिकोत्सवको अवसरमा गत फागुन ३० गतेदेखि नियमित विविध प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको शिक्षक अमृत सापकोटाले बताए । विद्यालयमा साताब्यापी खेलकुद, सांगितिक सहित विभिन्न प्रतियोगितामा पर्वतबाट उत्साहजनक सहभागिता रहेको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयमा निर्मित पक्की भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गर्ने कार्यक्रम रहेको विब्यस अध्यक्ष विप्लव हमालले जानकारी दिए ।

Leave a Reply