म्याग्दीको सदरमुकाम बेनीबजारबाट बुधबार साँझदेखि दुई बालिका भारतको मोतिहारी जिल्ला श्रीपुर जिल्लामा रहेको आफ्नै घरमा गएको पाइएको छ । कालिपुल बसपार्कमा परिवारसँगै बस्दै आएका भारतीय मुलका १५ बर्षिया प्रेयंंका कुमारी शाह र १३ बर्षिया सुस्मा कुमारी शाह सम्पर्कविहिन भएको परिवारले खोजीकार्य गरेका थिए ।

बुधबार साँझ घरबाट निस्किएका दुईबहिनी पोखरा हुदैं बिरंजतर्फ गएको सूचनाको आधारमा खोजीकार्य भइरहेको भन्दै बेनीअनलाइनमा समेत जानकारी दिएको परिवारले रक्सौलतर्फ नभई आफ्नै घरमा गएको अवस्थामा भेटिएको बालिकाको दाई सुनिलकुमार शाहले बताए । ‘उनीहरु फरक बाटो गए भन्ने सूचना थियो,‘गाउँमै पुगेका रहेछन्’ सुनिलकुमारले भने ।

घरमा सामान्य झगडा भएपछि एक्कासी निस्किएका थिए । परिवारको निवेदनको आधारमा प्रहरीले खोजीकार्यमा सिमा क्षेत्रमा चौकीमा समेत समन्वय गरेको थियो । परिवारले खोजीकार्यमा सहयोग गर्ने सवारीसाधन चालक, प्रहरीलाई समेत धन्यवाद दिएको छ ।

 

Leave a Reply