बेनी फुटबल क्लब जापानले आयोजना गरेको दोस्रो बेनी एफसी कपको उपाधी शिजुओका गाइजले हात पारेको छ । म्याग्दीबाट जापानमा पुगेका खेलप्रेमीले स्थापना गरेको बेनी एफसीको आयोजना तथा सम्ल्याण्ड नामक कम्पनीको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगितामा गोर्खा ब्रर्दश द्धितिय भएको छ । प्रतियोगितामा विजेताले ३ लाख २० हजार येन र उपविजेताले १ लाख ६० हजार येन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको बेनी एफसीले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट किप्पर सुमन ब्लोन (सीजुओका गाइज) उत्कृष्ट खेलाडी साजन प्रधान (सिजुओका गाइज) सर्वाधिक गोल कर्तासुबास सुनुवार (गोर्खा ब्रदर्श) भएको म्यानेजर विकास पराजुलीले बताए । प्रतियोगितामा जापानका विभिन्न २४ फुटबल क्लवको सहभागिता रहेको थियो । कोरोनाको कहरपछि खेलकुद गतिविधि मार्फत म्याग्देली र जापानमा रहेका नेपालीहरु बिच जमघट गराउने उदेश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएकोमा उत्साहजनक सहभागीता भएको आयोजकले जनाएको छ ।

 

Leave a Reply