नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताए ।

उनलेमालिकाका सबै वडामा काँग्रेसको जित दिलाउने गरी टोल, बस्ती र घरघरमा पुगेर कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न अनुरोध गरे । पछिल्लो समय निकै चर्चामा रहेको एमसिसीको बारेमा समेत सम्पूर्ण जतालाई बुझाउन आग्रह समेत गरे । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् पालिका अध्यक्ष श्रीप्रसाद रोकाले केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टचारको भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री लगायत बोलेका थिए ।उक्त कार्यक्रममा प्रत्येक टोल टोलमा अभियान सञ्चालन गर्नका लागि ७ वटा वडामा नै समिति गठन गरि सोमबार देखि नै प्रत्येक टोलमा अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । कार्यक्रम पालिका सभापती खिम पुनको अध्यक्षता, बिरेन्द्र किसानको सञ्चालन र सचिव तारा रोकाको स्वागतमा सम्पन्न भएको थियो ।

Adv

 

Leave a Reply