गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षतामा सर्वसम्मतले तीन जनाको नाम चयन गरिएको छ । आइतबार एनआरएनएको १० औँ विश्वसम्मेलन तथा महाधिवेशनबाट अध्यक्षमा कुल आचार्य, रविना थापा र डा. बद्री केसी चयन भएका छन् ।

करिब ६ महिनादेखि सल्टाउन नसकिएको एनआरएनएको विवाद अन्ततः तीन जना अध्यक्षले कार्यकाल पालैपालाे ६/६ महिना चलाउने गरी सहमति भएपछि बल्ल सल्टिएकाे छ । १८ महिने कार्यकालको पहिलो बैठक भने तीनै जनाले एकैसाथ गर्ने भनिएको छ ।

सहमतिअनुसार पहिलो ६ महिना आचार्यले, दोस्रो ६ महिना थापाले र तेस्रो ६ महिनाको अन्तिम ६ महिनो कार्यकाल केसीले चलाउने सहमति भएको छ । अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

अध्यक्षसँगै अन्य पदाधिकारी  चयनमा जम्बाे टाेली बनाइएकाे छ । उपाध्यक्षहरुमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा चयन भएका छन् । महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङलाई चयन गरिएको छ ।

महासचिवतर्फ गौरीराज जोशी र केशव पौडेल चयन भएका छन् । उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी चयन भएका छन् भने सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि चयन भएका छन् । यस्तै, महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भएका छन्।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल चयन भएका छन् । सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भएका छन् ।

महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन्। यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भएका छन् भने प्रवक्तामा सोम सापकोटा र शिव बडुवाललाई चयन गरिएको छ ।

संसोधित विधानको अध्यक्षमा ३, उपाध्यक्षमा ११, महासचिवमा २,उप महासचिवमा ६, सचिवमा १० जना हुने व्यवस्था गरिएको छ । कोषाध्यक्षतर्फ ३, सह–कोषाध्यक्षतर्फ ८, महिला सहकोषाध्यक्षतर्फ ३ र प्रवक्ता २ जना रहने व्यवस्था गरिएको छ ।

यसैगरी महिला संयोजक २, युवा संयोजक २,क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ रहने भनिएको छ । क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना पुर्याइएको छ । यस्तै, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना रहने व्यवस्था गरिएको छ । यसरी एनआरएनएको संसोधित विधान अनुसार पदाधिकारी संख्या ९५ जनाको जम्बो हुनेछ । news24nepal.tv

Leave a Reply