गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनबाट म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियमा आवद्ध ५ जना अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रविना थापा, महिला सचिवमा राधिक गुरुङ (टिका), सह कोषाध्यक्षमा लाल केसी, प्रबक्तामा शिव बरुवाल, क्षेत्रीय उपसंयोजक एशिया प्यासिफिक ददिवल खड्का र क्षेत्रीय उपसंयोजक मध्यपूर्वका लालबहादुर पुन रहनुभएको मोना आइसीले जनाएको छ ।

एनआरएनएको अध्यक्ष थापा मोनाको सल्लाहकार तथा सचिव गुरुङ प्रथम उपाध्यक्ष भइसक्नुभएको छ भने बरुवाल संस्थापक कोषाध्यक्ष हुनुहुन्छ । हाल मोना आइसीका बरिष्ठ उपाध्यक्ष खड्का सहित अन्य निर्वाचित समेत मोनाका विभिन्न् पदमा रहेर काम गर्नुभएको छ ।मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्याल र महासचिव हरि राम्जालीले एनआरएनएसँगको सहकार्यमा मोनामार्फत थप काम गर्न निर्वाचित पदाधिकारीहरुसँग आवश्यक पहल र समन्वय गरिने बताउनुभयो ।

यता निर्वाचित पदाधिकारीले समेत एनआरएनएमार्फत म्याग्दीमा गर्न सकिने विभिन्न क्षेत्रमा सहयोग जुटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअगाडीगैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशनको प्रमुख संरक्षक शेष घले समुहबाट अध्यक्षमा म्याग्दीकै विनोद कुँवर अध्यक्षमा चयन हुनुभएको छ । एनआरएनएको इतिहासमा म्याग्दीले एकैपटक पदाधिकारी सहित विभिन्न संयोजकमा निर्वाचित भएको यो पहिलो हो ।

 

Leave a Reply