सहिद स्मारक ‘बी’ डिभिजन लिगमा म्याग्दीका दिवस छन्त्याल चम्किएका छन् । जिल्लाको अति विकट धवलागिरी गाउँपालिका-१,गूर्जाका १८ बर्षिय छन्त्याल जारी लिगमा खुमलटार युथ क्लबबाट तीन गोल र २ एसिष्ट गदैं उत्कृष्ट खेल देखाउन सफल भएका हुन् ।

Photo: Mero khel

मिडफिल्डर छन्त्याल म्यान अफ दि म्याच समेत घोषित भएका छन् भने भरोसायोग्य खेलाडीको पहिचान बनाइरहेका छन्त्यालको खेलबाट क्लव नै सन्तुष्ट रहेको छ ।

छन्त्याल खुमलटार युथ क्लवमा अनुबन्धन भएपछिको प्रशिक्षण सहितका खेलहरुले समेत थप सहज भएको छ । ‘बी’ डिभिजनको खेलामा ९ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविबाट समेत म्याग्दी जेसीज सहित प्रतियोगितामा समेत सहभागी भएको खेल शिक्षक विनोद घर्तीले बताए ।  म्याग्दीबाट ए र बी’ डिभिजन क्लवमा केही खेलाडी आवद्ध छन्  ।

Leave a Reply