म्याग्दीमा टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी सुरु भएको छ ।आसन्न स्थानीय निर्वाचनको तयारी, विद्यालय उमेर समूहका बालबालिकाहरुको वार्षिक परीक्षालगायत विभिन्न कारणले गर्दा म्याग्दी जिल्लामा भने चैत २५ गतेदेखि ३० गतेसम्म टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए । खोप अभियानका लागि म्याग्दी जिल्लामा २८ हजार बालबालिकाहरु रहेकोमा बेनी नगरपालिका क्षेत्रमा मात्रै ११ हजार बालबालिकाहरु रहेको जनाइएको छ । यसै सन्र्दभमा बेनी साप्ताहिकले प्रमुख लम्सालसँग गरेको कुराकानी

बालबालिकालाई टाइफाइड कसरी हुन्छ?
टाईफाईड Salmonella typhi or salmonella paratyphi A, B, C प्रजातीको ब्याक्टेरियाबाट लाग्ने रोग हो। यो विशेष गरेर संक्रमित व्यक्तिको दिसा पिसाब खाना पानीको माध्यामबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। दुषित खाना पानीको माध्यामबाट सर्ने रोग हो यो ।यो रोग जुनसुकै उमेर समुहका व्यक्तिहरुमा हुन सक्ने भएता पनि १५ वर्ष मुनिका बालबालिकाहरुमा संक्रमण दर तथा जटिलता हुने दर बढी रहेको छ

टाइफाइडभिएका बालबालिकालाई के कस्ता असर देखिन्छ?
उच्चज्वरो आउने, जाडो हुने पसिना, आउने टाउको दुख्ने, जीउ दुख्ने जिब्रोमा सैतो लेट लाग्ने (Tongue Coated), टाईफाईडका मुख्य लक्षणहरु हुन भने,पेट दुख्ने पखला लाग्ने वा कब्जियत हुने शरीरमा हल्का राता बिमिराहरु आउने, सुख्खा खोकी लाग्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने जस्ता अन्य चिन्ह लक्षणहरु पनि देखिन सक्छन ।

बालबालिकाहरुमा टाईफाईड रोग लाग्यो भने सानो आन्द्रमा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने शरीरका विभिन्न भागमा र अंगमा संक्रमण फैलिएर असर देखिने (Bacteremia, Septicemia, Multiple organ failure) मष्तिष्क सम्बन्धि Meningitis, Guillain-Barre Syndrome, Neuritis, Neuropsychiatric symptoms जस्ता असरहरु तथा जटिलताहरु पनि देखा पर्न सक्दछन ।

बालबालिकाका जटिलत थाविशेष दीर्घरोगहरुबाट कसरी जोगाउने ?
रोगहरु दुई किसिमका छन, सरुवारोगहरु र नसर्ने रोगहरु । सरुवारोगहरुबाट बच्न त्यो रोग सर्ने माध्यामलाई नै तोडन सकियो भने सरुवा रोगबाट बच्न सकिन्छ। जस्तै टाईफाईड रोगबाट बच्न सफा तथा ताजा खाना खाने, चर्पीमा दिसापिसाब गर्ने, हातको सरसफाई गर्ने व्यवहार गरियो भने यो रोगबाट बच्न सकिन्छ। त्यसै सानै देखि सन्तुलित खाना खाने, मध्यपान ध्रुमपानको प्रयोग नगर्ने दैनिक कम्तीमा आधा घण्टा शारीरिक परिश्रम गर्ने गरेमा नसर्ने तथा दीर्घरोगहरु बाट पनि बच्न सकिन्छ ।

नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइदै छ, यो किन आवश्यक पर्यो त ?
टाईफाईडको संक्रमण भईरहने देशहरुले टाईफाईड विरुद्वको खोप नियमित खोप कार्यक्रममा समावेश गरिसकेका, नेपालको राष्ट्रिय खोप सल्लाहकार समितिको १४ अगष्ट २०२०को बैठकले टाईफाईड विरुद्वको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने सिफारिस गरेको तथा विश्व स्वास्थ्य संगठनको वर्गिकरण अनुसार प्रति १ लाख जनसंख्यामा १०० भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा (Hyper Endemic) वर्गिकरण रनेपालमा टाईफाईड रोगको संक्रमण र जोखिम उच्चदरमा रहेको अवस्था भएकोले नेपालमा टाईफाईड खोप शुरुवात गर्दैछौ।

संसारमा हरेक वर्ष करिब २ करोड व्यक्तिहरुमा टाईफाईडबाट संक्रमित हुने गरेको ती मध्ये बार्षिक १ लाखा ६१ हजार जनाको मृत्यु टाईफाईड कै कारण हुने भएकोले पनि यो खोप अति आवश्यक रहेको छ ।

नेपालमा विगत ५ वर्षको तथ्याँक अनुसार हरेक वर्ष ४ लाख ५० हजार जनामा टाईफाईडको संक्रमण हुने गरेको तथा विगत ३ वर्षको तथ्याँक अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरु मध्ये टाईफाईड तेस्रो स्थानमा रहेको र अस्पतालमा भर्ना हुने बिरामी मध्ये चौथो कारण यही रोग रहनु तथा टाईफाईड संक्रमण सबै उमेर समूहमा हुने भएता पनि १५ वर्ष मुनिका बालबालिकाहरुमा करीब ११ गुणा बढी संक्रमण भएको र पाटन एकेडेमी फर हेल्थ साईन्सले गरेको एक अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १०६२ जनामा टाईफाईड संक्रमण भएको अवस्था भएकाले नेपालमा यो खोप शुरुवात गर्न लागिएको हो ।

बालबालिकालाई टाइफाइड विरुद्धको खोप नलगाए के हुन्छ?
खोप नलगाएमा बालबालिकालाई टाईफाईड रोग लाग्न सक्छ, बिरामी हुन्छ, अस्पताल भर्ना गर्न पर्ला, पैसा खर्च हुन्छ, जटिलताका कारण बच्चाको मृत्यु हुन सक्छ। लामो समय बिरामी भयो भने खानामा गडबढी भएर कुपोषण हुन सक्छ जसका कारण बच्चाको बृद्वि विकासमा बाधा हुन सक्छ। यसका सामाजिक, आर्थिक असरहरुको विश्लेषण गर्ने हो भने भयावह अवस्था हुन सक्छ ।

म्याग्दीमा कति बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईदै छ ?
म्याग्दीको अनुमानित लक्षित जनसंख्या २८७१८ जना हो । सबै स्थानीय तहहरुले लक्षित समुहको विवरण संकलन गरी आ आफ्नो योजना निर्माण गर्नु भएको छ ।

यो अभियानमा छुटेकालाई अर्कोपटकलगाउने सुविधाहुन्छ कि हुदैन ।
अभियानमा सकेसम्म कुनै पनि बालबालिकाहरु खोप लगाउन नछुट्ने गरी योजना गरेका छौ। २ वर्ष मुनिका बालबालिकाहरु छुटेमा पछि खोप लगाउने अवसर मिल्छ तर २ वर्ष माथिका बालबालिकाहरु छुटेमा उनीहरुले पछि खोप पाउने कुरा सुनिश्चित गर्न सकिदैन ।

Adv

Leave a Reply