सन् २०१८ मा जापानमा सम्पन्न कोपा पुमा टोरेरस यु–१२ फूटबल प्रतियोगितामा नेपाली टोलीले पाँचौ स्थान हासिल गरेको थियो, यस ऐतिहासिक सफलतामा नेपाली टोलीको कप्तानी भूमिकामा थिए म्याग्दीका अनुपम श्रेष्ठ ।

उक्त प्रतियोगिता अवधिभर नेपाली टिमले प्रि मैत्रीपूर्ण ४ र पोष्ट मैत्रीपूर्ण ३ गरी ७ वटा साथै पहिलो र दोस्रो चरणको राउन्ड रोबिन आधारमा ६, फाइनल राउन्डको क्वाटर फाइनल १, पाँचौ स्थानका लागि प्ले अफ म्याच २ समेत प्रतियोगितात्मक ९ गरी समग्रमा कुल १६ खेल खेलेको थियो। प्रतियोगितामा नेपाली टोलीले कुल ३८ गोल गरेको र १५ गोल खाएको थियो।

फिनिसिङ पक्षमा कमजोर रहेको नेपाली फूटबलमा सुधारको सकारात्मक सङ्केत देखाउँदै नेपाली टोलीलाई पाँचौं स्थान दिलाउने कार्यमा महानायक बनेका थिए बाल खेलाडी अनुपम श्रेष्ठ।

श्रेष्ठले दोस्रो चरणमा एशियन च्याम्पियन क्लब युरावा रेड्स विरुद्धको खेलमा र पाँचौ स्थानका लागि जापानको फागोयाना विरुद्धको अन्तिम खेलमा साथै प्रि र पोष्ट मैत्रीपूर्ण खेलमा समेत ह्याट्रिक गर्दै व्यक्तिगत २४ गोलको योगदानसहित प्रतियोगिताका सर्वाधिक गोलकर्ता त बने नै, उनले पाएको द्यभकत एबिथभच अवार्डले फूटबल क्षेत्रमा उज्ज्वल भविष्यको सङ्केत समेत मिलेको थियो।

उक्त प्रतियोगितामा हासिल गरेको ऐतिहासिक सफलतालाई उपयोग गर्दै खेल कौशलताको साख जोगाउने चुनौती र अवसर दुवै थिए अनुपम सामु। बाल्यकालदेखि नै अब्बल फूटबलर बन्ने स्वर्णिम सपना बुनेका र फूटबल नै सिरानी ठानेका उनले आफूलाई फूटबल खेल्नकै लागि जन्मिएको प्रमाणित गर्न चाहिरहेका छन्।

आफ्नो खेल कौशलतामा थप निखारतासहित स्थानीय प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाइरहेका श्रेष्ठ मिड फिल्डरको पोजिशनमा अब्बल मानिन्छन्। ट्रयापिङ र ड्रिबिलिङ्ग सीपमा असाधारण मानिने उनी विपक्षी खेलाडीलाई छलाउन माहिर मानिन्छन्।

आफ्ना स्टाइकरहरूलाई उत्कृष्ट पास पुर्याएर गोलको सुन्दर अवसर सृजना गर्नु उनको प्रमुख वैशिष्ट्य हो। यति हुँदा हुँदै पनि उनी आफै पनि उचित मौकामा पोष्टमा प्रहार गर्दै बललाई जाली चुमाउन सक्ने सामर्थ्य राख्ने श्रेष्ठ कतिपय प्रतियोगिताहरूमा त सर्वाधिक गोलकर्ता समेत बनेका छन्, तसर्थ मैदानमा उनी आक्रमक शैलीमा उत्रिन्छन् र विपक्षीलाई निरन्तर दवावमा राख्दै हम्मे हम्मे पार्दछन्।

सन् १०१८ को जेसीज कप फूटबल प्रतियोगितामा श्रेष्ठले गरेको साइक्लिङ गोल जेसीज कपकै इतिहासमा पहिलो र एकमात्र साइक्लिङ गोल हो। वि.सं. २०७६ मा रत्नेचौरमा सम्पन्न रत्नेचौर जागरण कप खुल्ला फूटबल प्रतियोगितामा उत्साही क्लव, पर्वत बेनीबाट सहभागी भएका उनले सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी दुवै उपाधि हासिल गरेका थिए।

यसरी उनले सिनियर खेलाडी सम्मिलित प्रतियोगितामा समेत आफूलाई उकृष्ट सावित गर्दै फूटबलमा सम्भावना र भविष्य बोकेका प्रतिभाका रुपमा आफूलाई प्रमाणित गर्न सफल भएका थिए।

पछिल्लो दुई वर्ष कोभिड १९ का कारण खेल क्षेत्र समेत प्रभावित बनेको प्रतिकूलता बाबजुद छिटफुट प्रतियोगिताहरूमा सम्मिलित उनी म्याग्दी जिल्लाका विभिन्न स्थानमा साथै बागलुङ, पर्वत, कास्की, स्याङ्जा, नवलपरासी लगायतका जिल्लामा सञ्चालित फुटबल र फुटसल प्रतियोगिताहरूमा भाग लिएका छन्।

दर्जनौं प्रतियोगिताहरूमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि हासिल गरेका उनी हालै नवलपरासीको गैंडाकोटमा सम्पन्न होली विशेष खुल्ला फुटबल प्रतियोगितामा उपाधि चुम्ने टिममा सहभागी थिए।

वर्ष २०७८ को समापनसँगै मालिका गाउँपालिका, वडा नं. ५, को रुन्मामा सम्पन्न फूटबल प्रतियोगितामा आकर्षक साइक्लिङ गोलसहित प्रतियोगिता अवधिभर १४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका श्रेष्ठ फूटबलका आशालाग्दो प्रतिभा हुन्। कक्षा ११ मा अध्ययनरत श्रेष्ठ हाल पोखरा, रङ्गशालामा फूटबल प्रशिक्षण लिइरहेका छन्। व्यक्तिगतरुपमा समेत फूटबलकै विषयमा दत्तचित्त उनी फूटबलका सम्भावना र भविष्य बोकेका प्रतिभा हुन्।

Leave a Reply