दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले नेपाल नेत्र ज्योति संघ म्याग्दीसँग सहकार्य गर्ने भएको छ । अष्ट्रेलियामा रहेको म्याग्देलीको साझा संस्था मोनाले म्याग्दीमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघमार्फत जिल्लाका ६ वटै स्थानीय तहमा शिविरको आयोजना गरिने भएको छ ।

नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोग तथा स्थानीय तहसँग समन्वय गरी आयोजना गरिने शिविरका लागि दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्ने मोना अष्ट्रेलियका अध्यक्ष इन्द्र थापाले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा हुने शिविरमा दृष्टि सम्बन्धी समस्याको पहिचान गरी शल्यक्रिया सहितका थप उपचारमा समेत सघाइने अध्यक्ष थापाको भनाई छ । मोना अष्ट्रेलियाले कुल १५ लाख बराबरको सहयोग गर्ने छ ।

म्याग्दीमा सामान्य सचेतनाको अभावका कारण आँखाको समस्यासमयमै पहिचान, रोकथाम, प्रेषण र उपचार नहुदाँ न्यून दृष्टिको समस्या ह्वात्तै बढेको अवस्थामा शिविरले सहज हुने  नेपाल नेत्र ज्योति संघ म्याग्दीले जनाएको छ । शिविरको मिति तय गरिएको छैन् ।स्थानीय तहको निर्वाचनपछि शिविर सञ्चालन गरिने छ ।

शिविरमा निशुल्क औषधी र चस्मा समेत वितरण गरिने छ । यसैबीच म्याग्दीबाट भ्रमणमा जानुभएका समाजसेवी लिलाबहादुर बानियाँ, मोनाका संस्थापक अध्यक्ष एवम् समाजसेवी सुवासकुमार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानी, बालकुमार रोकालाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका, लगायतको उपस्थिती रहेको थियो । शिविरमा हरि राम्जाली, दिपक भण्डारी, याम केसी, दिपक शेरचन, ईन्द्र थापा मगरले आर्थिक सहयोग गर्नुभएको छ । स्वागत तथा भेटघाट कार्यक्रमको अध्यक्षता अध्यक्ष थापा, स्वागत मोना आइसीका महासचिव हरि राम्जाली र सञ्चालन हिक्मत श्रेष्ठले गर्नुभएको थियो ।

Adv

 

Leave a Reply