म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,उपाध्यक्षमा निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष पिपला बुढा माओवादी केन्द्रबाट वडा नम्बर ७ निवर्तमान वडा अध्यक्ष रेशम बहादुर जुग्जाली, उपाध्यक्षमा गौरी सेन्चुरी, नेकपा एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा लक्ष्मीदेबी पुन, मंगोल नेशनल अर्गनाइजेसशनबाट अध्यक्षमा खम बहादुर रोका र उपाध्यक्षमा धनदेवि घर्ति पुनको उम्मेदवारी परेको छ ।

यही ३० बैशाखमा हुने मतदानबाट सात वटा रहेको मालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन् । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार२०३ जना मतदाता रहेका छन् ।

Leave a Reply